ओलम्पिक : बेलायतका जेसनले जिते सात स्वर्ण


२४ श्रावण २०७८, आईतवार
kenny

काठमाडौं, २४ साउन । बेलायतका जेसन केन्नीले ओलम्पिकमा हालसम्म सात स्वर्णपदक जितेका छन् । ओलम्पिकअन्तर्गत पुरुष केइरिनमा ७ स्वर्ण जित्ने जेसन पहिलो बेलायती खेलाडी हुन् ।

साइकल रेसअन्तर्गतको एक विधागत खेलमा जेसनले अन्य प्रतिस्पर्धीले भन्दा ०.७६३ सेकेण्डले दूरी पूरा गरेका हुन् । जेसनले ओलम्पिकमा ९ वटा पदक जितेका छन् । जेसनले ७ स्वर्ण २ रजत जितेका छन् । जेसनले बेलायतकै क्रिस होयको कीर्तिमान समेत भङ्ग गरेका हुन् ।

jason1 buvSy7yNDL
ab37ff40 1793 4e4c b87c 02559e716f57

क्रिसको नाममा ६ स्वर्ण १ रजत र गरी कुल ७ पदक जितेका छन् । बेलायतका जेसन पुरुषतर्फ सफल ओलम्पियन हुन् । महिलातर्फ उनकी श्रीमती लाउरा केनी सफल खेलाडी हुन् । लाउराले ओलम्पिकमा ५ स्वर्ण र १ रजत गरी कुल ६ पदक जितेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७