सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई खोप


२४ श्रावण २०७८, आईतवार
sherbahadur deuwa2021 08 08 04 50 46

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । सिंहदरबारमा आज (आइतबार) आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् ।

sajha karyacram.jpg .2021 08 08

असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई खोप
सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् । नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरिरहेका छन् । मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७