भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा चार रिट दर्ता


२४ श्रावण २०७८, आईतवार
sarbochha

काठमाडौं, २४ साउन । सरकारले गरेको भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीसहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले जानकारी दिए ।

ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एकबहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन समेत गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७