गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


२४ श्रावण २०७८, आईतवार

काठमाडौं, २४ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएको बताइन् ।

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैं सकारात्मक रहेको बताइन् । मन्त्री खााणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए । कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७