गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्ने बेला भयो : कमल थापा


२४ श्रावण २०७८, आईतवार
kamal thapa 5

चितवन, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए ।

‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ’, उनले भने ।

सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७