पुल चढ्न भर्‍याङ


२५ श्रावण २०७८, सोमबार
pool

मकवानपुर, २५ साउन । अस्थायी सडक बाढीले बगाएपछि यात्रुहरु निर्माणाधीन पुलमा भर्‍याङ हालेर बागमती खोला वारपार गर्न बाध्य छन् । मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्न उक्त पुलसम्म पुग्ने अस्वथायी सडक एक महिनाअघिको बाढीले बगाएको थियो ।

लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले यो वर्खामा सहजै यात्रा गर्न पाउने आशा गरेका थिए । तर, यो वर्ष झनै कष्ट व्यहोर्नुपरेको हेटौंडा–९ का धुर्व अधिकारले बताए । धुर्व र बागमती–२ का शेरबहादुर पहरी हेटौंडाबाट मदन भण्डारी लोकमार्ग हुँदै सिन्धुलीन जान हिँडेका थिए ।

तर, बागमती पुलको जोखिपूर्ण यात्रा गर्न नसकेपछि उनीहरु हेटौंडा नै फर्किए । ‘बागमती पुलसम्म गाडाीमा गयौं, त्यसपछि पुल तरेर मोटरसाइकलमा जाने तयारी थियो । पुल नै चढ्न नसकेपछि हामी हेटौंडा फर्कियौं,’ अधिकारी भने । ठेकेदार कम्पन्नीले निमार्णमा ढिलाईसुस्ती गर्दा यस्तो समस्या आएको बागमती गाउँपालिका–४ का वडाध्यक्ष हरमान थिङले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७