जापानमा आँधी : चिबाका २९ हजार बढी मानिसहरू सुरक्षित स्थानमा सारियो


२५ श्रावण २०७८, सोमबार
aadhi

टोकियो, २५ साउन । जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानतर्फ गइसकेको र बाँकी हजारौं जाने क्रममा रहेका छन् । आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सयौं घरमा क्षति पुर्‍याएको छ भने दर्जनौ सवारीसाधन ध्वस्त भएका छन् ।

ठाउँ ठाउँमा रुख ढलेका कारण सडक यातायात समेत अवरुद्ध बनेको छ । जापानको मौसम विज्ञान विभागलाले सुरुमा यो आँधी दक्षिण पूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्ने जनाएको छ ।

आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने मौसमविद्ले गरेका छन् । उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७