विश्व आदिवासी दिवसमा गाउँपालिकाले दियो सार्वजनिक बिदा


२५ श्रावण २०७८, सोमबार
sakela texas scaled

तनहुँ, २५ साउन । २७ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । २२ साउनमा बसेको कार्यपालिका बैठकले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय र स्वास्थ्य स्वास्थ्य संस्थासमेत बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम भने जारी रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तनहुँका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानु जयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७