नवलपरासी र बर्दियामा ठाकुर–महतो समूहको जिल्ला भेला


२५ श्रावण २०७८, सोमबार
thakur vela dE1PnhVKEi 1

काठमाडौं, २५ साउन । पार्टीको आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले आज (सोमबार) पनि तराई मधेशका दुई जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर–महतो समूह यतिबेला दलबिहीनको अवस्थामा छ । नयाँ पार्टी गठनको तयारीस्वरुप यो समूह अहिले तराईका सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिरहेको छ । यो समूहले आज नवलपरासी र बर्दियामा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो ।

गएको शुक्रबारदेखि शुरु भएको भेला आगामी ९ भदौसम्म सञ्चालन हुने ठाकुर महतो समूहले जनाएको छ । ठाकुर महतो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा, कैलाली, सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला गरिसकेको छ ।

आज नवलपरासीमा हुने भेलालाई नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र मुकेश झाले सम्बोधन गर्दैछन् । त्यसैगरी बर्दियामा एकबाल अहमद र सुनिल रोहितले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७