च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरु


२५ श्रावण २०७८, सोमबार
amale center comme

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु उपस्थित यस बैठकले आजै दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । माधव नेपाल पक्षको आग्रहपछि एक दिन स्थगित गरिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । एमाले एकताका लागि केन्द्रीय कमिटी रोक्नुपर्ने अडान नेपाल पक्षले लिएको थियो ।

नेपाल पक्षको आग्रहपछि आइतवार दिनभर दुई पक्षका नेताहरु सहमतिको विकल्प खोज्न जुटेका थिए । विघटित कार्यदल सदस्यहरूबीच आइतवार एकता प्रयास भए पनि ठोस सहमति भइसकेको छैन ।

ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७