निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर रहेनन् अध्यक्ष


२५ श्रावण २०७८, सोमबार
jasapaa

काठमाडौं, २५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जना बाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्य मात्र भएको छ । आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

गत वर्ष वैशाखमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुन लागेपछि रातारात तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कार्यकारिणी समिति निर्वाचन आयोगमा दर्ता भएको थियो । यसबीचमा विवाद बढेर जसपाको आधिकारिकता यादवले पाएका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७