एमालेको ११ औं केन्द्रीय कमिटी बैठक शुरु, माधव नेपाल पक्ष छैन सहभागी


२५ श्रावण २०७८, सोमबार
uml ccm meeting 3FBekcCetV

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ११ औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रह अनुसार आइतबार एक दिनलाई स्थगित गरिएको बैठक केही बेरअघि तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको हो ।

बैठकमा असन्तुष्ट नेपाल पक्षका नेताहरु भने सहभागी छैनन् । बैठकमा आजै च्यासलमा बसेको स्थायी कमिटी बैठकबाट पारित पार्टीको विधान संशोधन प्रस्तावलाई अघि बढाउने एजेण्डा छ । नेपाल पक्षले आजको बैठक स्थगित नगरिए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएको छ । तर एमालेले विधान महाधिवेशनसहितका काम तीव्र गतिमा अघि बढाएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटीले केही महत्वपूर्ण प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय लिएको बताए ।
उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

यस प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७