झगडा परेपछि श्रीमती नदीमा हामफालिन्, बचाउन खोज्दा श्रीमान पनि बेपत्ता


२५ श्रावण २०७८, सोमबार
Dubera bepatta
सांकेतिक तस्विर

रुकुम, २५ साउन । रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।

आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता भएका हुन् । श्रीमान–श्रीमतीबीच झगडा भएपछि श्रीमती त्रिवेणीको पुलबाट हामफालेर उत्तरगंगा नदीमा हामफालेको र उनलाई बचाउन भन्दै नदीमै पसेका श्रीमान पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए । बिहानै देखि स्थानीय र प्रहरीले दम्पतीको खोजीकार्य जारी राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७