स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२५ श्रावण २०७८, सोमबार
money nakali

कञ्चनपुर, २५ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर बताउने ४१ वर्षीय रजनीस कुमार रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले कुमारलाई शंका लागि जाँच गर्दा उनको साथमा सो रकम फेला परेको थियो ।

उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७