कर्णालीमा डुंगा दुर्घटना हुँदा बेपत्ता महिलाको शव ८ दिनपछि भेटियो


२५ श्रावण २०७८, सोमबार

कैलाली, २५ साउन । कर्णाली नदीमा साउन १७ गते भएको डुंगा दुर्घटनामा बेपत्ता एक महिलाको शव आठ दिनपछि भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलाली मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामी मगरको शव फेला परेको हो ।

मोहन्याल गाउँपालिका–३ बाट नदी पार गरी सुर्खेतको चौकुने गाउँपालिका–४ मा कोरोनाविरुद्धको खोप लगाउनका लागि जाने क्रममा १० जना चढेको डुंगा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा उर्मिलासहित उनको १० दिनका छोरा र सोही स्थानकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए। दुई जना घाइते भएको र पाँच जना सकुशल उद्धार गरिएको प्रहरीले जनाएको थियो । उर्मिलाको शव पोष्टमार्टम पछि सोमबार आफन्तलाई जिम्मा लगाइएको डीएसपी प्रतिक बिष्टले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७