म हटे रेल चल्दैन, सरकारको राजनीतिक स्पष्टीकरणको जवाफ दिन्नँ : गुरु भट्टराई


२५ श्रावण २०७८, सोमबार
Guru bhattarai OE9EqXp7ah

काठमाडौं, २५ साउन । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

उनले ललितपुरस्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गेर सरकारले आफूलाई राजनीतिक स्पष्टीकरण सोधेको भन्दै त्यसबारे कुनै जवाफ दिन नमिल्ने बताएका छन् । ‘म नेपाल सरकारको कर्मचारी हो । कर्मचारीको हैसियतामा मैले राजनीतिक जवाफ दिन हुँदैन’, उनले पत्रकार सम्मेलनमा भने, ‘कसैको राजनीतिक कुराको जवाफ त मैदानमा उत्रिएर दिने हो, दिनु परेमा मैदानमै झरेर दिन्छु ।’

भट्टराईले आफूलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट बर्खास्त गर्ने देउवा सरकारको रणनीति अनुसार स्पष्टीकरण सोधिएको पनि तर्क गरेका छन् । देउवा सरकारको साउन १९ गतेको निर्णय बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महाप्रबन्धक भट्टराइसँग यही आइतबार तीन दिनभित्र जवाफ माग्दै स्पष्टीकरण सोधेको थियो ।

उनीमाथि सरकारले इमान्दारीपूर्वक काम नगरेको, अदालतको फैसलाबारे अमर्यादित टिकाटिप्पणी गरेको, राजनीतिक दल र तिनका पदाधिकारीलाई अशोभनीय र गाली गलौजको शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेको आरोप लगाइएको थियो ।

उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक काम नगरेको आरोपसहित ‘महाप्रबन्धक पदबाट किन नहटाउने’ भनी स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएकै दिन भट्टराईले सार्वजनिक रुपमा स्पष्टीकरण सोध्ने सरकारको निर्णयको चर्को आलोचना गरेका थिए । आफ्नो कार्यक्षमता वा कार्य सम्पादनबारे केही नबोली सामाजिक सञ्जालमा लेखेकोबारे स्पष्टीकरण सोधिएकाले त्यसबारे जवाफ नदिने उनले बताएका छन् ।

भट्टराईले रेल कुद्ने अवस्था आइसकेको बेला आफूलाई हटाउन स्पष्टीकरण सोधिएको पनि बताएका छन् । शून्य अवस्थाको रेल्वे कम्पनी अब रेल चलाउन योग्य भएको अवस्थामा आफूलाई हटाउन खोजिएको उनको तर्क छ । उनले यदि आफू रेल्वे कम्पनीबाट हटेमा नेपालमा रेल नै चल्न नसक्ने तर्क पनि गरेका छन् ।

Viagra pour femmes questions et réponses.

Voici quelques unes de tadalafil online pharmacy leurs découvertes.

Voir la capture d’écran récente à droite.

https://www.cialispascherfr24.com/acheter-cialis-en-pharmacie-en-france/

Voir spectromètre ftir vente de viagra en ligne spectromètre ftir.

Votre médecin vardenafil ou tadalafil recommande-t-il ce produit.

नेपाल सरकारले जनकपुर–जयनगर रेल चलाउन भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनलाई दिएको छ । वार्षिक २२ करोड भारु तिर्ने गरी सम्झौता भइसकेको छ । तर अझै रेल कुद्ने टुंगो छैन । रेलमा ओढाएको बर्षादी पनि च्यातिएर गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७