जातकै कारण प्रेम विवाह असफल भएपछि दलित युवतीले गरिन् आत्महत्या


२६ श्रावण २०७८, मंगलवार
paswan2021 08 10 06 20 16

सप्तरी, २६ साउन । प्रेम विवाह अस्वीकार भएपछि सप्तरी सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले आत्महत्या गरेकी छिन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र केटा समेत होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

स्थानीय २० वर्षीया ज्योती पासवानलाई गाउँकै युवक कृष्णा मिश्राले प्रेम घरबाट भगाएर प्रेम विवाह गरेका थिए । गत फागुन ९ गते ज्योती र कृष्णा घरबाट भागेर मन्दिरमा विवाह गरेका थिए । विवाह पश्चात कृष्णाले ज्योतीलाई सिरहाको मिरचैयास्थित दिदीको घरमा चार महिना राखेका थिए ।

पीडितका बुुवा प्रमोद पासवानका अनुसार असारको ६ गते कृष्णाले ज्योतीलाई लहानस्थित पुुष्पाजञ्जली गेष्ट हाउसमा एक रातसँगै बसेर कोठा खोज्न जाँदैछुु भन्दै फरार भएका थिए । धेरै दिनसम्म कृष्णा होटेल नफर्किएपछि ज्योतीले घरमा सम्पर्क गरेकी थिइन् । अभिभावकले प्रहरी र महिला अधिकारकर्मीको सहयोगमा ज्योतीलाई गेष्ट हाउसबाट उद्दार गरेका थिए ।

‘ज्योतीको उमेर त्यक्तिबेला २० वर्ष पुुग्न केही महिना बाँकी रहेकोले प्रहरीले हामीलाई नै जिम्मा लगाएको थियो’ प्रमोद पासवानले भने,‘ त्यत्तिबेला प्रहरीले समेत जवरजस्ती करणी र शरीर बन्धक मुद्दामा उजुरी दिए कारवाही गर्न तयार थियो । तर ज्योतिले कृष्णा फेरि फर्केर आउने विश्वासमा उजुरी दिन अस्वीकार गरेकी थिइन् ।

पञ्चायतले छिनोफानो गरेको थियो विवाह
गत फागुन ८ गते ज्योतीको विवाहका लागि घरदेख गर्न विराटनगरबाट केटापक्षका व्यक्तिहरु आँउदा ज्योतिको प्रेमी कृष्णाले राती रक्सी खाएर बबाल गरेको पीडित बुवा प्रमोदले बताए । उनले भने,‘ ज्योतीसँग म विवाह गरिसकेको छुु भन्दै बबाल गरेपछि गाउँमा पञ्चायती पनि भयो । वडाअध्यक्ष शिवनारायण चौधरीको रोहवरमा दलित युुवतीसँग विवाह गरेपछि सम्पतीमा कुनै अधिकार नपाउने भन्दै कृष्णासँग उनको परिवारले कागज गराइएको थियो ।’ गाउँमा कृष्णाको बुुवा र ज्योतीका बुवाको राम्रो उठवस थियो । कृष्णा ज्योतीको घरमा आउने जानेक्रममा दुवैबीच प्रेम भएको थियो ।

कारवाही गर्न माग
ज्योतीका बुवा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ अनुसार कारवाही गर्न उजुरी दिने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘कानून अनुसार कारवाही गर्न हामीले प्रक्रिया अघि बढाइ सकेका छौं ।’

सुरुङ्गा नगरपालिकाकी उपप्रमुख बिन्दा पासवानले पनि पीडकलाई कारवाही गर्न सहयोग गरिरहेको बताएकी छिन् । उनले भनिन्, ‘अझै पनि समाजमा दलितका छोरी चेलीको यौवनसँग गैर दलितले खेलवाड गर्न छोडेको छैन । जवसम्म पीडकहरुलाई कडा कारवाही हुुँदैन,तबसम्म घटना दोहरीरहन्छ ।’ घटनाको सत्यतथ्य छानवीन गरी दोषी युवकलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था गर्न दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप नपा–८ ले माग गरेको छ ।

कथित उपल्ला जात भनाउँदाले ज्योतीलाई दलित भएकै कारण प्रेम विवाह अस्वीकार गरेपछि जीवनसँग खेलवाड गरेकोले ज्योतिले आत्महत्या गर्न बाध्य भएको भन्दै मञ्चका अध्यक्ष युक्तिलाल मरिकलले घटनामा संलग्नलाई कडा कारवाहीको साथै पीडित पक्षलाई क्षतिपूर्ति तथा न्यायका लागि सबैलाई पहल गर्न आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७