नयाँ पार्टी गठनका लागि मधेस झरेका हुन् ठाकुर ?


२६ श्रावण २०७८, मंगलवार
thakur vela dE1PnhVKEi 1

काठमाडौं, २६ साउन । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् ।

ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक विरासत । निर्वाचन आयोगले यादवलाई पार्टीको आधिकारिकता दिएपछि आफ्नो पक्षका सांसदको पद कसरी जोगाउने भन्ने तनाव थपिएको छ, ठाकुरमाथि ।

जसपामा सर्वसम्मत ‘नेतृत्व’ मानिने ठाकुरसँग पार्टी नै नरहेपछि मधेस झरेका हुन् । मधेसमा तीव्र राजनीतिक गतिविधि गरिरहेका छन् । उनको यो सक्रियता नयाँ पार्टी गठनका लागि हो वा मधेसमा गुम्दै गएको आफ्नो जनमत रक्षाका लागि भन्ने जिज्ञासा पैदा भएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७