खगेन्द्र संग्रौलाको प्रश्न : धरहरा–रानीपोखरी ओलीले आफ्नै सम्पती खर्चेर बनाएका हुन् ?


२६ श्रावण २०७८, मंगलवार
kp oli khagendra

काठमाडौं, २६ साउन । वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले रानीपोखरी र धरहरा आफ्नै खर्चमा आफैले बनाएको जसरी प्रचार गरेको भन्दै केपी ओलीको आलोचना गरेका छन् ।

सोमबार एमालेको ११ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान गठबन्धन सरकारले आफ्नो कार्यकालमा भएका राम्रो कामको पनि जस नदिएको भन्दै गुनासो गरेका थिए । एमालेलाई गाली बर्साउँदै आएको गठबन्धन सरकारको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी उनको थियो । ओलीले भनेका थिए, ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने चिजहरु ।’

ओलीको सोही अभिव्यक्तिको आलोचना गर्दै लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् उनको प्रचार शैलीको बिरोध गरेका हुन् ।
‘धरहरा र रानीपोखरी खड्गप्रसाद शर्मा ओलीले आफै नक्सा कोरेर, आफ्नै निजी सम्पती खर्चेर, आफै सिमेन्ट, गिट्टी र छड बोकेर, आफ्नै हातले बनाएका हुन् कि कसो ?’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘नत्र यी दुई चीज ओलीकै पौरख र निजकै गौरव हुन् झै गरी स्वयं ओली र उनका बाहुबली गणले किन यतिसाह्रो कर्कश बकबक गरेका ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७