मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको गयो ज्यान


२६ श्रावण २०७८, मंगलवार
Kapil Wagle Death q8L7eXGN4K

नवलपरासी, २६ साउन । नवलपरासीको बर्दघाटमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।

सोमबार राति लु १४ प ८७५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सडकमा पैदल हिंडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तनहुँको म्याग्दे गाउँपालिका–४ घर भएका ४३ वर्षीय वाग्लेको सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनवल नगरपालिका–१ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७