गाँजासहित सिटी चालक पक्राउ


२६ श्रावण २०७८, मंगलवार

मोरङ, २६ साउन । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बाट एक सिटी रिक्सा चालक लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । धनकुट्टा शहिद भूमी गाउँपालिका–५ घर भई मोरङ सुन्दरहरैचा नगरपालिका ५ मा बस्ने २४ वर्षीय इमान राई ७ केजी नौ सय ८४ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

चालक इमानलाई सोमबार साँझ पुर्वपश्चिम राजमार्गमा को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा राखिएको लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।

प्रदेश–१ को पहाडी जिल्ला धनकुटामा अबैध रुपमा गाँजा खेती हुने गरेको छ । त्यहाँ उत्पादन भएको गाँजा तस्करी गरेर भारततर्फ लैजाने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७