पौडेल पक्षका जिल्ला सभापतिहरूको दोस्रो दिनको भेला शुरु


२६ श्रावण २०७८, मंगलवार
nepali congress district chairman

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको दोस्रो दिनको भेला आज (मंगलबार) पनि शुरु भएको छ ।

विधिसम्मत रुपमा १४औं महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिन सोमबारदेखि काठमाडौंको ठमेलमा पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला आयोजना गरेको हो । क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै इतर समूहका जिल्ला सभापतिहरुले ठमेलस्थित होटल यात्रीमा दोस्रो दिनको छलफल शुरु गरेका हुन् ।

भेलाले गर्ने निर्णय र सुझावहरु प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई बुझाइने सभापतिहरुले बताएका छन् । सोमबारको भेलामा ३५ जिल्लाका सभापतिहरु भौतिक रुपमै र १२ जिल्लाका सभापतिहरु ‘जुम’ मार्फत छलफलमा सहभागी भएका इतर समूहले दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७