शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव राेक्न परेको रिट न्यायाधीश राउतको इजलासमा


२६ श्रावण २०७८, मंगलवार
sarbochha

काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा हुने भएको छ । रिट निवेदनको पेशी न्यायाधीश राउतको इजलासमा चढेको छ ।

सोमबार पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याउन कानुन विपरित भएको उल्लेख छ । यही साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७