ओली राजनेता होइनन्, भ्रष्टाचारका महान नाइके मात्रै हुन् : सांसद रायमाझी


२६ श्रावण २०७८, मंगलवार
rameshjung rayamajhi OFtaqf4Qfd

काठमाडौं, २६ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता मान्नै नसकिने बताएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को बैठकको विशेष समयमा बोल्दै रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायकको संज्ञा दिए ।

‘केपी शर्मा ओली भ्रष्टाचारका महान नायक हुन् । कांग्रेसले ओली सरकारलाई दुई वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो’, उनले भने, ‘तर ओली सरकार पटक पटक भ्रष्टाचारमा डुब्यो । कोभिडका बेला झन् ठूलो भ्रष्टाचार भयो । केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो ।’

उनले ओलीका पालमा अरबौं भ्रष्टाचार भएको आरोप लगाए । ‘अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइनन् भ्रष्टाचारका नाइके मात्रै हुन्’, उनले थपे, ‘उनी माफियासँग मिले, अर्बौंको सरकारी सम्पति व्यापारीलाई सुम्पिए । माफियाहरूसँग सरकारको संलग्नता हुन्छ ?’

उनले कांग्रेस नेताहरु बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरूका कारण आज सदनमा सबैजना कुर्लिन पाउनु भन्दै कटाक्ष गरे । ‘हामीले ती नेताहरुले देखाएको बाटो कांग्रेसले बिरायो भनेर चिन्ता नलिनु’, उनले थपे, ‘तपाईंहरुको बाटो हिजो के थियो ? आज के छ आफै विचार गर्नु ।’

उनले कोभिड महामारीमा अरबौं भ्रष्टाचार भएको भन्दै कारबाही माग गरे । ‘कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिदमा अरबौँ भ्रष्टाचार भएको छ । त्यसमा संलग्नलाई कारबाही होस्’, उनले थपे, ‘गोकर्ण रिसोर्टमा अरबौं रुपैयाँ भ्रष्टाचार भएको भन्दा मलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइयो । ओलीले यति होल्डिङलाई मुलुक जिम्मा लाउँथे तर उनले समय नपाएर मात्रै त्यो सम्भव नभएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७