माओवादी सांसदले भने, ‘परमादेश र कम्फरटेबल शब्द अब पुरानो भए’


२६ श्रावण २०७८, मंगलवार
Mayaprasad sharma osFNeW8nWg

काठमाडौं, २६ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले परमादेश र कम्फरटेबल शब्द अब पुरानो भइसकेको बताएका छन् । आज (मंगलबार) को राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यसो भनेका हुन् ।

‘कम्फरटेबल सरकार र परमादेशको सरकार भन्ने कुरा उठेको छ, अब यो पुरानो भइसक्यो,’ उनले भने, ‘एमालेको एउटा हिस्साले मात्रै यसो भन्ने गरेको छ । अब यसको कुनै अर्थ छैन ।’

नेकपा एमालेले डिएनए परीक्षण गराएर केपी शर्मा ओली गुटका मात्रै राखेर भूमि आयोग बनाएको पनि उनले आरोप लगाए । आयोगमा माधव नेपाल गुट र सरकारलाई सघाएको माओवादीबाट कोही पनि सदस्य नरहेको उनले बताए ।

भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न सर्वपक्षीय भूमि आयोगको खाँचो रहेको पनि शर्माले जिकिर गरेका छन् । उनले ठूलो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता धर्मनिरपेक्षता समावेशी र समानुपातिक प्रणाली बचाउँदै राज्य सञ्चालन गर्ने अभियानमा आफूहरु रहेको बताए । उनले अनेक संघर्षपछि प्राप्त भएका यी एजेण्डा कसै कसैलाई मन नपरेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७