केपी ओलीको कटाक्ष : दशैं आउँदा केटाकेटी रमाए जस्तो विपक्षी हौसिए


२६ श्रावण २०७८, मंगलवार
PM KP Oli sharma

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दशैं आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘सत्तारुढ गठबन्धनका नेताहरु दशैं आए जसरी हौसिएका छन् । दशैंमा केटाकेटी रमाए जसरी रमाएका छन्’, उनले भने, ‘तर एक महिना बित्दा पनि अझै सरकार बनिसकेको छैन । एक महिनासम्म बधाई र धन्यवाद चलेको छ तर सरकार अझै पूरा भएको छैन ।

उनले सरकारले एक महिनामा ठूलै उपलब्धी गरेको पनि टिप्पणी गरे । ‘सरकारले उपलब्धी गरेको छ । एक महिनासम्म विस्तार नगरे पनि भूमि आयोगको घाँटी सेरिएको छ’, उनले थपे, ‘अझै पनि ममाथि प्रहार भएको देखें, ममाथि प्रहार भइरहेको छ । यस्ता सानातिना गाली गलोजले मलाई फरक पर्दैन ।’

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७