ओलीको व्यङग्य : एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट गरेर बसेको छ


२६ श्रावण २०७८, मंगलवार
PM KP Oli sharma

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताएका छन् । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताए ।

सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उनले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको र सरकारको आउँदो यात्रा पनि प्रष्ट नै भइसकेकोे आरोप लगाए ।

तत्कालीन माओवादीसँग राम्रो उद्देश्यले पार्टी एकीकरण गरे पनि पूर्व माओवादी र आफ्नै दलका नेताहरूले पदका लागि पार्टी फुटाउनेदेखि सरकार ढाल्नेसम्मका काम गरेको ओलीको जिकिर छ । आफू जस्केलाबाट प्रधानमन्त्री यसअघि पनि नभएको र अब फेरि पनि मूलबाटो बाटै प्रधानमन्त्री बन्ने ओलीले बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७