प्रचण्डप्रति ओलीको कटाक्ष : आगो भनेर धम्की नदिनु, दुई बाल्टी पानी हालेर निभाएको सम्झिनुस्


२६ श्रावण २०७८, मंगलवार
kp oli cover

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब धम्कीको राजनीति नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चतावनी दिएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन् । ओलीले प्रचण्डले देशमा लगाएको डढेलो (सशस्त्र युद्ध) पनि दुई बाल्टी पानी हालेर निभाइएको स्मरण गराए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत पाएका दिन प्रचण्डले आफूलाई आगोको संज्ञा दिँदै जथाभावी नखेल्न भन्दै ओलीमाथि कटाक्ष गरेका थिए । ‘सत्ता परिवर्तन हुने बित्तिकै सत्ता पक्षका नेताहरुले भन्नु भयो, होसियार म आगो हुँ मसँग नखेल नत्र भन्नु भयो’, उनले भने, ‘मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो सम्झिरहेको छु । उहाँ आगो हो थाहा छ तर एक–दुई बाल्टीले आगो निभाएको हामीलाई थाहा छ ।’

उनले यस्ता आगो निभाउन आफूलाई आउने पनि बताए । ‘यस्ता आगो निभाउन पानी खन्याउनु पर्छ पानी । सरकार बन्दैछ तर धम्की दिने ? म आगो हुँ भनेर, मसँग नखेल भनेर धम्की दिने ?’, ओलीले थपे, ‘सडकमा एउटा कागज वितरण गरेको छ । प्रतिपक्षलाई गाली गरेर, सरापेर कस्तो राष्ट्रिय सहमति बन्छ ? प्रतिपक्षलाई धम्की दिएर राष्ट्रिय सहमति नत्र भन्छन् नत्र के गर्छन् ? हामी पनि हेरौंला ।’

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७