ओलीको कटाक्ष : हिरिक्क–हिरिक्क भइसके प्लिज मन्त्री बनाई दिनुस्


२६ श्रावण २०७८, मंगलवार
thumb 6

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई मन्त्री बनाई दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंगात्मक आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका सांसद मन्त्री पदका लागि कुदेको कुद्यै भएको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक्क, हिरिक्क, हिरिक्क भएका छन्,’ ओलीले प्रधानमन्त्री देउवातिर हेरेर हात जोड्दै भने, ‘यति त गराइसक्नु भयो, पछि त लगाइसक्नु भयो । कुद्या छन् कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान–बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज !’ ओलीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई मन्त्री बनाई दिन भन्दै व्यङग्य गरेका हुन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७