तीन थान सुनको बालासहित विमास्थलबाट एक जना पक्राउ


२६ श्रावण २०७८, मंगलवार
sun ko bala 0JPX8p2OVi

काठमाडौं, २६ साउन । अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको तीन थान बालासहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस स्थायी घर भई हाल काठमाडौंको कुमारीगल बौद्ध बस्ने वर्ष २५ को सन्तोष बस्नेत छन् ।

जजिरा एयरलाइन्सको बिहान अन्दाजी ७ बजे ल्याण्ड भएको उडानद्वारा साउदीबाट काठमाडौं आएका बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा शंकास्पद अवस्थामा निगरानी गर्दा उनको साथबाट १५० ग्राम सुन बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७