संसदमा ओलीको अभिव्यक्तिप्रति डा. भट्टराईको टिप्पणी : ‘जो चोर उसैको ठूलो स्वर’

सबको औषधि दैवले रचिदियो, बिर्सेछ मूर्खको’


२६ श्रावण २०७८, मंगलवार
kp oli baburam bhattari 20190705162229

काठमाडौं, २६ साउन । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जुन चोर उसैको ठूलो स्वर’ को संज्ञा दिएका छन् ।

आज (मंगलबार) संसदमा सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार र उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको कडा शब्दमा आलोचना गरेका थिए । दुई–दुई पटक असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेका कारण भर्खरै सत्ताच्युत ओलीले प्रतिनिधि सभामा माफी माग्नुको साटो उल्टै ठूल्ठूला कुरा गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लगत्तै सामाजिक सञ्जालमार्फत ओलीको आलोचना गरेका हुन् ।

‘सबको औषधि दैवले रचिदियो, बिर्सेछ मूर्खको’ भर्खरै आफ्नै कुकर्मले सत्ताच्युत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘पटक पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७