नेप्सेमा नयाँ रेकर्ड : शेयर कारोबार हालसम्मकै उच्च


२६ श्रावण २०७८, मंगलवार
share

काठमाडौं, २६ साउन । साताको तेस्रो दिन (मंगलबार) शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । यसअघि अधिकतम ३,१२३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३,१६१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ ।

पछिल्लो केही दिनदेखि उच्च आकर्षण देखिएको हाइड्रोपावरबाट आज लगानीकर्ता बैंकिङ क्षेत्रतर्फ मोडिएका छन् । विकास र वित्त कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिँदा आइतबार अधिकांश उपसूचकमा वृद्धि आएको छ । त्यसले नेप्से पनि उच्च अंकले बढेको छ ।
आज बैंकिङ उपसूचकमा १.८९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक सर्वाधिक ८.०७ प्रतिशत, वित्त कम्पनी उपसूचक ६.८७ प्रतिशत, लघुवित्त उपसूचक १.२९ प्रतिशत, लगानी उपसूचक १.८६ प्रतिशत र जीवन बिमा उपसूचक १.१८ प्रतिशतले बढेको छ ।

यता, होटेल तथा पर्यटन, हाइड्रोपावर र व्यापार उपसूचकमा भने गिरावट भएको छ । होटेल तथा पर्यटन उपसूचकमा ०.२४ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.०७ प्रतिशत र व्यापार उपसूचक १.६६ प्रतिशतले घटेको छ । आज विकास र वित्त कम्पनी उपसूचक उच्च अंकले वृद्धि हुँदा कारोबार रकममा पनि विकास बैंक र वित्त कम्पनीसँगै हाइड्रोपावरमा पनि लगानीकताले नाफा बुक गर्दा कारोबार रकम उच्च देखिएको छ ।

आज नेप्सेमा तीन करोड ३३ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजारको कारोबार भएको छ । जसमध्ये अपर तामाकोसी हाइड्रोपावरको सर्वाधिक ८९ करोड ५८ लाख ९४ हजारको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख ७८ हजार, अपी पावरको ५१ करोड ९२ लाख ६९ हजार, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख ३८ हजार र अरुण काबेली पावर कम्पनीको ४१ करोड ५२ लाख ८६ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १४ कम्पनीको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये अधिकांश विकास बैंक र वित्त कम्पनी रहेका छन् । १९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको देखिन्छ । सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य ५.१६ प्रतिशत, सिनर्जी पावरको शेयर मूल्य ४.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ४.२५ प्रतिशतले घटेको छ ।

यस्तै, पञ्चकन्यामाई हाइड्रोपावर, ४.११ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १८५ कम्पनीमध्ये ४६ कम्पनीको शेयर मूल्य घट्दा १३७ कम्पनीको शेयर मूल्य वृद्धि र दुई कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७