कसैको टाङमुनि छिर्नेवाला छैनौं, अहंकारीलाई माथ दिएर अघि बढ्ने छौं : माधव नेपाल

‘उप–चुनाव भए कर्णालीका चार नेतालाई जिताउने जिम्मा मेरो’


२६ श्रावण २०७८, मंगलवार
madhav nepal.

काठमाडौं, २६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू कसैको टाङमुनि नछिर्ने बताएका छन् । एमबिबिएस प्रवेश परीक्षाका टपर आशिक झालाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यार्थीको सम्मान कार्यक्रममा आएर राजनीतिक कुरा गर्न आफूलाई ठीक नलागेको बताए । ‘बिहेमा जाने हो भने मलामीका कुरा नगर्नु’, उनले भने, ‘मलामी जाने हो भने गीत संगीतका कुरा नगर्नु ।’ नेता नेपालले एमाले एकता र अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफू अध्याँरो सुरुङमा नछिर्ने पनि बताए ।

madhav nepal jwmMvS3ddY

‘हामी कसैको टाङमुनि छिर्नवाला छैनौं’, उनले एमाले एकताबारे संकेत गर्दै भने, ‘अध्याँरो सुरुङमा जाने छैनौं । दम्भी र अहंकारीलाई माथ दिएर अघि जानेछौं ।’ उनले साहसी र बहादुरको मात्रै कदर हुने गरेको पनि बताएका छन् । ‘समाजमा साहसी र बहादुरको मात्रै कदर हुन्छ, कायर र डरपोखको हुँदैन’, नेपालले थपे, ‘हामी जायज कुरामा कसैसँग डग्दैनौं । नाजायज कुराको अर्थ रहँदैन । सत्य र न्यायको बाटोमा अघि बढ्दा संसारले राम्रो भन्छ ।’

ओलीले केही मानिस समाज भाँड्न नुन खोर्सानी लिएर बस्ने गरेको पनि बताए । ‘समाजमा नुन खोर्सानी बोकेर बस्ने मान्छे पनि छन् । अलिकति घाउ देख्यो कि नुन चुक खोर्सानी हालेर पीडा बढाइदिन्छन्’, उनले भने, ‘यस्तो पीडा कहिले नदिनु, कहिले कसैको पनि दुष्ट नहुनु ।’

‘उप–चुनाव भए कर्णालीका चार नेतालाई जिताउने जिम्मा मेरो’
वरिष्ठ नेता नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।
महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् ।

उनीहरुमध्ये एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताए । यसले प्रदेशसभा सदस्य पद धरापमा परेको भन्दै उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७