सिलौटोको लोहोरोले हानेर श्रीमतीको हत्या


२६ श्रावण २०७८, मंगलवार
dhunga le hanera hatya
सांकेतिक तस्विर

कास्की, २६ साउन । कास्कीमा मादक पदार्थ सेवन गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान माछापुच्छ्रे गाउँपालिका–२, बाँझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो ।

श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

घटनापछि घटनास्थलमा खटिएको प्रहरीको टोलीले श्रीराम कामीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले उपरीक्षक केसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७