मेलम्चीमा तत्काल चार यान्त्रिक पुल बनाइने, सेनालाई जिम्मा


२६ श्रावण २०७८, मंगलवार
melamchi flood 3 Pl8iGRZuJD
d]nDrLdf km]l/ af9L rgf}6]sf] /ftf] k’n klg aufof] l;Gw’kfNrf]s, !& ;fpg M zlgaf/ /fltb]lv cfPsf] af9Ln] rgf}6]sf] /ftf] k’n aufP . d]nDrL & / * kfFrkf]v/L ! / @ / x]nDa’sf w]/} j8f hf]8g] Ps dfq ljsNksf] ?kdf of] k’n /x]sf] lyof] . k’n aufP;Fu} ca of] e]udf ;jf/L cfjathfjt aGb ePsf] 5 . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक, २६ साउन । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए ।

उनले भने, ‘हजारौं हजार विस्थापित मेलम्ची क्षेत्रको जनताको जनजीवनलाई सहज बनाउनका लागि चार वटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको छ । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैँले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यान्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाहरू हेलिकप्टरमार्फत् तत्काल ती क्षेत्रमा लैजाने काम पनि बुधबार (भोलि) बिहानैबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरोलगायतका विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका थिए । त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरूले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७