अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप छैन् : जो बाइडेन


२७ श्रावण २०७८, बुधबार
biden

काठमाडौं, २७ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताएका छन् । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।

मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकाले अफगानिस्तानलाई गरेको प्रतिबद्धता पूरा गरिरहेको बताए । अफगानिस्तानले अझै पनि हवाइ सहायता प्रदान, अफगानी सैनिकको तलब भुक्तान र सैनिकलाई भोजन र उपकरणको आपूर्ति गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘उनीहरू आफ्ना लागि लड्नु पर्छ ।’

बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गरेका छन् । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना देश फर्किएसँगै तालिबानले अफगास्तिानमा आक्रमण बढाएको थियो ।

तालिबानले अहिलेसम्म देशका ३४ मध्ये ८ वटा प्रान्तिय राजधानी कब्जा गरिसकेको छ भने बाँकी पनि कब्जा गर्ने चेतावनी दिँदै आक्रमणलाई निरन्तरता दिइरहेको छ । तालिबानले मंगलबार मात्रै राजधानी काबुलबाट २ सय किलोमिटरको दूरीमा रहेका दुई प्रान्तिय राजधानी कब्जा गरेको छ ।

अफगानिस्तामा गत एक महिनामा भएको तालिबान र अफगानी सेनाको भीषण लडाइँमा परेर १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । लडाइँका बीच बालबालिकाका लागि काम गर्दै आएको एजेन्सी युनिसेफले बालबालिमाथि हुने अत्याचार दिनानु दिन बढिरहेको जनाएको छ ।

अफगानिस्तानमा अझै पनि लडाइँ जारी छ । बाँकी रहेका अमेरिकी सेना र अफगानी सेनाले हवाइ आक्रमणलाई निरन्तरता दिएको छ । लडाइँ बढेसँगै स्थानीयले घर छाड्न थालेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७