कांग्रेसको १४ औं महाधिवेशन : समायोजन विवाद मिल्यो


२७ श्रावण २०७८, बुधबार
nepali congress mx3xCT37Q5 1

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई नीतिगत रुपमा टुंगो लगाउने निर्णय भएको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समस्या समाधान गर्न गठित कार्यदलमा यस विषयमा सैद्धान्तिक सहमति भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । अब यो सहमतिलाई बुधबारसम्म अभिलेखिकरण गरिने छ । समायोजन भएको सहमतिलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिन पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७