लेबनानमा १९ औं शताब्दीपछिको सबैभन्दा खराब वित्तीय मन्दी


२७ श्रावण २०७८, बुधबार
Lebanon FDI Beirut FEGPGrgl2i
1229307782

काठमाडौं, २७ साउन । अधिकांश जनसंख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक संकट उत्पन्न भएको छ । लेबनानमा अहिले आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

उनीहरूलाई तत्काल मानवीय सहायताको खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ । लेबनानमा १९ औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी सिर्जना भएको विश्व बैंकले बताएको छ । स्थानीय मुद्राको ९० प्रतिशतभन्दा बढी हिस्सा कालोबजारीका कारण त्यहाँ थप संकटमा परेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसीएचए) ले गत हप्ता देशको जनसंख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको जनाएको थियो । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी हो । अत्यधिक गरिबी लेबनानको जनसंख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसीएचएले जनाएको छ । आप्रवासन मामिलासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले मङ्गलबार प्रवासी कामदारहरूलाई विशेष गरी कडा असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको एजेन्सीका माथियु लुसियानोले भने, ‘उनीहरूले जागिर गुमाएका छन् र भोकै दिन बिताउनु पर्ने अवस्थामा पुगेका छन् । चिकित्सा उपचारमा जान सक्दैनन् साथै महामारीबाट सुरक्षित महसुस गर्न सक्दैनन् ।’ धेरै जना लेबनान छोड्न चाहन्छन् र यसका लागि आतुर छन् तर उनीहरूसँग त्यसो गर्ने औकात समते नभएको लुसियाले बताए । आईओएमका अनुसार लेबनानमा बसोबास गर्ने दुई लाख १० हजार प्रवासी कामदारहरूमध्ये लगभग एक लाख २० हजारलाई मानवीय सहयोगको खाँचो छ ।

आधिकारिक मूल्य एक हजार ५०० पुगेको लेबनानी मुद्रा कालोबजारी गरी अहिले लेबनानमा २० हजारभन्दा बढीसम्ममा बिक्री हुन्छ र यसले गर्दा तीव्र मुद्रास्फीति बढेको छ । यसले गर्दा प्रवासी कामदारहरूको ज्याला कम भइसकेको छ र अधिकांशले घर फर्कन चाहेका छन् तर आर्थिक अभाव र महामारीजन्य प्रतिबन्धका कारण उनीहरू भोकभोकै लेबनानमा बस्न बाध्य छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७