मेस्सी पीएसजीमा आबद्ध


२७ श्रावण २०७८, बुधबार
231173748 3008693002709167 4799129102574400917 n1628645515

काठमाडौं, २७ साउन । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् ।
मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहन समहत भएका छन् ।

६ पटकका बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७७८ खेलमा ६७२ गोल गरे । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७