आफू अल्पमतमा परेपछि अध्यक्ष ओलीले पोलिटब्युरो कमिटी नै खारेज गर्नु भएछ : डा. विजय पौडेल


२७ श्रावण २०७८, बुधबार
oli bijaya Ld0UaMVRAm

काठमाडौं, २७ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरी पोलिटब्युरो कमिटी नै नराख्ने निर्णय गराएकामा रोष व्यक्त गरेका छन् ।

केन्द्रीय कमिटीमा झिनो बहुमत भए पनि पोलिटब्युरोमा आफू अल्पमतमा परेकाले ओलीले नयाँ विधानमा पोलिटब्युरोको व्यवस्था हटाएको डा. पौडेलको दाबी छ ।

‘संयोग त्यस्तै पर्‍यो, केन्द्रीय कमिटीमा झिनो बहुमत भए पनि पोलिटब्युरोमा केपी ओली र उहाँको टिम अल्पमतमा पर्‍यो । यसैले उहाँले पोलिटब्युरोको बैठक राख्नै चाहनु भएन, राखिएको एउटा बैठक बीचैमा रोकियो, सम्पन्न नै गरिएन’, पोलिटब्युरो सदस्य पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले आएर नयाँ विधानमा पोलिटब्युरो नै नराख्ने प्रावधान राख्नु भएछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७