लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले देलान् राजीनामा ?


२७ श्रावण २०७८, बुधबार
shankar pokhrel 1

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दैछ । सरकारका प्रवक्ता समेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका बुधबार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए ।

तर उनले राजीनामाको विषय भने खुलाएका थिएनन् । अधिवेशन शुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए । विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७