कार जाँच गर्दा ब्राउन सुगर, पाँच जना पक्राउ


२७ श्रावण २०७८, बुधबार
pakrau
फाइल फोटो

सुनसरी, २७ साउन । सुनसरीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको छ । इनरुवा–४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरीको रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी–४ का २२ वर्षीय फुलकुमार मुखिया रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
विशेष सूचनाका अधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पश्चिमबाट आउँदै गरेको बा १४च ६१४५ नम्बरको कारलाई जाँच गर्दा उनीहरूका साथबाट लागूऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७