विद्युत् प्राधिकरणमा कुलमान नियुक्त, आजै पदभार ग्रहण


२७ श्रावण २०७८, बुधबार
kulman ghising 2

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । घिसिङको आजै पदभार ग्रहण हुँदैछ ।

कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ । शाक्य आज कार्यालय गएका छैनन् ।
११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको जानकारी दिए ।

बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । घिसिङले पत्र आइनसकेको तर नियुक्ति गरिएको जानकारी आएको बताए । उनले प्रक्रियाअनुसार पत्र आउन केही समय लाग्ने भए पनि नियुक्तिको जानकारी आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७