सुन–चाँदीको मूल्य निरन्तर ओरालो, तोलाको कतिमा हुँदैछ कारोबार ?


२७ श्रावण २०७८, बुधबार
gold

काठमाडौं, २७ साउन । नेपाली बजारमा केहि दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । आज (बुधबार) बजारमा सुनको मूल्य ४ सयले घटेको छ ।

मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७