हितेन्द्रले लिए जल तथा ऊर्जा आयोगमा नियुक्ति


२७ श्रावण २०७८, बुधबार
Hitendradev Shakya

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएका हितेन्द्र देव शाक्यले जल तथा ऊर्जा आयोगमा नियुक्ति लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरेको हो । ऊर्जामन्त्री पम्फा भुसालले शाक्यलाई विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा आयोगमा नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् ।

उनको प्रस्तावअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो । मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकअनुसारकै सेवा सुविधा दिने समेतको निर्णय गरेको छ । जसमा अर्थ मन्त्रालयको सहमति समेत लिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७