महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पौडेल र सिटौलालाई


२७ श्रावण २०७८, बुधबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, २७ साउन । आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतृत्वहरुसँग छलफल शुरु गरेका छन् ।

इतर समूहका केही नेतालाई सरकारी निवास बालुवाटारमै बोलाएर छलफल गरेका देउवाले बुधबार निजी निवास बूढानीलकण्ठमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । उनले छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई बूढानीलकण्ठ बोलाएका छन् । बूढानीलकण्ठ स्रोतले दिउँसो साढे २ बजे नेताहरुबीच छलफल हुन लागेको पुष्टि गरेको छ ।

साउन १४ गते बूढानीलकण्ठमै बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो । तर, विवाद समाधान भने अझै भइसकेको छैन । शीर्ष नेताहरुका बीचमा क्रियाशील सदस्यता विवादसँगै आसन्न महाधिवेशनको नयाँ कार्यतालिकाका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७