आँखा तरेको भन्दै हेटौंडा चोकमै खुकुरी हानाहान


२७ श्रावण २०७८, बुधबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

हेटौंडा, २७ साउन । हेटौंडा बजारमा आज (बुधबार) बिहान दुई युवाबीच खुकुरी हानाहान भएको छ । बुद्ध चोकमा युवाबीच भएको झगडामा खुकुरी प्रहारबाट हेटौंडा–१ चौकीटोलका २६ वर्षीय प्रशान्त नगरकोटी घाइते भएका छन् ।

गोडामा चोट लागेका उनको अवस्था सामान्य रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
आखाँ तरेको भन्दै हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाइले नगरकोटीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबीच पहिल्यै झगडा भएर यसअघि पनि मिलापत्र भएको रिमालले बताए । सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७