विडारीको प्रश्न : विरोध गर्दा सडक–सदनमा ओलीको नाम आयो, चर्चाले राजनेता भइन्छ ?

‘प्रचण्डलाई माया जालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन्’


२७ श्रावण २०७८, बुधबार
ram narayan bidari scaled
/fli6«o;efsf] a}7s sf7df8f}F, ( c;f/M ;+3Lo ;+;b ejg gofF afg]Zj/df dªunaf/ a;]sf] /fli6«o;efsf] ljz]if ;dodf af]Nb} ;f+;b /fdgf/fo0f la8f/L . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २७ साउन । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माया जालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको दावी गरेका छन् ।

आज (बुधबार) राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्ड बिना ओलीले प्रधानमन्त्रीको यात्रा सम्भव नभएको जिकिर गरे । सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे ।

उनले भने, ‘प्रधानमन्त्री भइसकेको मान्छेले संसदमा बोल्ने सैद्धान्तिक कुरा के हो ? एउटा विधि शास्त्रीय, संसदीय कुरा के हो ? नेपाल के गरे विकास हुन्छ ? मैले कति गरें, अब कति गर्नुपर्छ ? आदि कुरा चाहिन्थ्यो । तर प्रचण्डलाई माया जालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो माया जालको कुरामै अलमलिए । प्रचण्ड माया जालमा पर्नुभयो । यदि प्रचण्ड ओलीको माया जालमा नपरेको भए ओलीजी यो संविधान जारी भएपछि कहिल्यै पनि प्रधानमन्त्री बन्नु हुँदैनथ्यो । यो ठोकुवा हो ।’

उनले देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे । उनले केपी ओलीको चक्रव्यूहबाट संसद जोगिएको बताए । उनले नेपालको संविधानलाई मृत्यु शैयामा पुर्‍याउन लागेको बेला संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए ।

सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे । उनले पूर्व प्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे ।

उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जिकिर गरे । उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइज्जत गरेको समेत दावी गरे । उनले थपे, ‘शब्दकोषमा भएको त्यो राजनेता शब्दको बेइज्जत गर्नु हुन्छ ? ए चर्चामा आएको हुनाले राजनेता भए ? बिरोधीले बिरोध गरेको हुनाले राजनेता भए, सडक सडकमा चर्चा भयो अनि राजनेता भए, सदनमा पनि चर्चा भयो अनि राजनेता भए भन्ने ? चर्चाले राजनेता हुन्छ ? बोकाशोको खुब चर्चा भयो, दादा इदि अमिनको खुब चर्चा भयो । हिटलर मुसोलिनीको खुब चर्चा भयो । पृथ्वीमा आज पनि ति राजनेता हुन् त ?’

सांसद विडारीले एमाले अध्यक्ष ओलीले नेकपा नामको पार्टी तहसनहस पारेको उल्लेख गर्र्दै संसदले तिम्रो लागि बहुमत छैन भन्दा भन्दै पनि म प्रधानमन्त्री पद छोड्दै छोड्दिन भनेर अड्डी कसेर पृथ्वीमा कतै नभएको काम गरेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७