९१ लाख ९६ हजार रुपैयाँसहित काठमाडौंबाट चार जना पक्राउ


२७ श्रावण २०७८, बुधबार
money
फाइल फोटो

काठमाडौं, २७ साउन । काठमाडौंबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चार जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२२, गडवहालस्थित तरुणको तनुज इन्टरनेसनल प्रालिमा अवैध रकम संकलन गरिराखेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७