रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा


२७ श्रावण २०७८, बुधबार
Guru bhattarai OE9EqXp7ah

काठमाडौं, २७ साउन । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका भट्टराईले आज (बुधवार) राजीनामा दिएका हुन् ।

भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा इमानदारिताका साथ काम नगरि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी दिएको आरोप लगाइएको थियो ।

भट्टराईले राजीनामा पत्रमा वर्तमान सरकारले जनविरोधी काम गर्ने आरोप लगाउँदै आफू त्यस्ता कामको सहयात्री र मुकदर्शक नहुने बताएका छन् ।

राजीनामा पत्रमा पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुण्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उल्लेख छ । भट्टराईलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७